गजल!

  • शनिबार, बैशाख ३, २०७९
गजल!

बिदेशीको अगाडी त सधै लाचारी हुन्छन,
सरकारमा गए पछि यिनी ब्यपारी हुन्छन।

हामि कसोगरी भर परौं यिनै नेताहरूको,
भोट माग्न आउँद त उनै भिखारी हुन्छन।

हामीले जिवनभरी यिनैको ब्यबहार हेर्यौँ,
जतिव़ादा गरेपनि जिते कर जारी हुन्छन।

यिनीहरू कसैका होइन हुन निजी स्वार्थी,
जसले खान दिन्छ उसैमा आभारी हुन्छन।

आफ्नो मात्रृत्वको रक्षागर्न सकेनन् इनले,
उनै देश र जनताका महान गद्वारी हुन्छन।

जती पनि हुन्छन भ्रष्टचार डन भूमाफिया,
ती सबै नाता कुटुम्बाहरू सरकारी हुन्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार