न हामी दुश्मनको लागी महाकाल बनियो,
न देश जोगाउँन सिमानामा प्रखाल बनियो।
सबैको आ आफ्नो धुन आ आफ्नै नाचोछ,
सगरमाथा जस्तो अटल न हिमाल बनियो।
बात बहादुर धागी र लोभी भएर बांचनेहरू,
संसार भरीमा नमुना दुश्मनका ढाल बनियो।
सधै आत्माघाती ब्यबहार सन्धि सम्झौताले,
आज आफ्नै देश दुनियांमा कंगाल बनियो।
के गर्न सकेनौं हामी बहादुरका शन्तानहरुले,
संसदमा त कहिले सडकमा ब बाल बनियो।
सडकमा छंदा क्रान्तिकारी र सदनमा दलाल,
आफैमा गम्भिर अन उत्तरिय सवाल बनियो।
सुरेशकुमार पान्डे।