भोका र नाङ्गा जनतालाई माम हुंनुपर्छ,
आफ्नै देशभित्र युवालाई काम हुनुपर्छ।
असाय र बृद्धाहरू लाई निशुल्क यात्रा,
स्वास्थयनुसार सबैलाई आराम हुनुपर्छ।
यो देश सदियौं जिवित राख्नलाई पनि,
देशभक्त छोरा र छोरी एकैठाम हुनुपर्छ।
श्रमजीवी माथिको शोषण निर्मुल पार्ने,
पसिना सुक्नु अगै हातमा दाम हुनुपर्छ।
घोक्न छाडेर यही रूढीवादी दन्ते कथा,
देशभक्ती अध्यायन सुवह शाम हुनुपर्छ।
नेता अब चुनावको वेलामा भ्रम न छरौं,
आचारसहिंतामै झुठमा लगाम हुनुपर्छ।
सुरेशकुमार पान्डे।