के पायो जसले जन्मायो र हुर्कायो सोध्नुपर्छ,
तिम्रोलागी भोकै बस्यो की अघायो सोध्नुपर्छ।
सिकायो सम्झायो र पर्वरिश गय्रो उड्ने भयो,
यहाँ पुराउँन उ कति समय लगायो सोध्नुपर्छ।
अंधकार चिर्छौं भनथ्यो आफै त्यसैमा बिलाए,
किन अरुलाई सपना देखाई सतायो सोध्नुपर्छ।
आज धेरै पढेरपनि त आफुलाई पढ्न सकेनौ,
आफ्नै घर भत्काई तिमिले केपायो सोध्नुपर्छ।
मनमा त घाउ छन छैन भन्दैन म आफैले पनि,
किन आफ्नो साथिमा बाण चलायो सोध्नुपर्छ।
हामिले एक आर्काकै दुःख सुखमा भाग लियौं,
मेरा दुःखमा तिमिनै किन मुस्कुरायो सोध्नुपर्छ।
सुरेशकुमार पान्डे।