काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। विस्तारै अमेरिकी डलर उकालो लागेको छ । राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ८४पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?