मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • एमाले सांसद मोहन बानियाँ पक्राउ

एमाले सांसद मोहन बानियाँ पक्राउ

  • सोमवार, फाल्गुन १६, २०७८
एमाले सांसद मोहन बानियाँ पक्राउ

दाङ– नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

बानियाँले बलात्कार गरेकत्र भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

बानियाँले भने आरोप  झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

#अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार