गजल!

  • मङ्लबार, फाल्गुन १०, २०७८
गजल!

भोलि बिदेशीको त्यही कालो धन आएपछि थाहा हुन्छ,
जनतालाई धुलो पिठो पार्ने दुश्मन आएपछि थाहा हुन्छ।

एम सीसीले पचास करोड डालर दिन्छ सित्तैमा भन्नेलाई,
उनैका उप्र राजगर्नलाई अंग्रेज डन आएपछि थाहा हुन्छ।

अहिले मात्रृत्वको सौदा गर्ने यिनै सौदागरहरू मख्ख पर्दा,
यिनै ठुला टाउका माथि बज्रिन घन आएपछि थाहा हुन्छ।

अहिले त मानो मुट्ठी जसरी तसरी गुजारा गरेकैछौं हामी,
बम बारूद बोकेर लडाईको मिसन आएपछि थाहा हुन्छ।

अहिले डलारलाई देखेर मख्ख नपरे देशका दुश्मन तिमी,
आर्थिक हिन्ताले भोकमरी झनझन आएपछि थाहा हुन्छ।

अहिले मिठो बिष बोकेर आएकोछ हाम्रो देशमा अंग्रेजले,
पछि पछि यसै भित्र लुकेको कफन आएपछि थाहा हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार