• होमपेज
  • राजनीति
  • एमसीसी सकस : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

एमसीसी सकस : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

  • शुक्रबार, फाल्गुन ६, २०७८
एमसीसी सकस : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं — अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। आन्तरिक गृह कार्य गरेर बैठक पुन : ८ गते बस्नेगरी सकिएको बालुवाटार स्रोतले जनाएको छ।

शुक्रबार बिहान सवा दशबाट सुरु भएको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए। बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेको हो।

चर्चामा

सम्बन्धित समाचार