कसैले केगर्छ त्यो बुझ्नैपर्ने कुनै कर छैन,
आफ्नो जीन्दगिको समेत कत्ती भर छैन।
सदैका दिन एकनास हुँदैन थाहाछ मलाई,
हिंजो खोला हिंड्ने ठाउँमा हेर्दा बगर छैन।
आमाले सधै पुजापाठमै ध्यायन दिनुभयो,
तर मूर्ती चर्यो पुजारीले देवताको डर छैन।
बाबाले मलाई सम्झाउँनु भयो सांचो बोले,
तर पनि सच्चाईको आजभोली कदर छैन।
क्रान्ति गर्न लागेकै थियो यो सेते मैदानमा,
अवसरबादले गर्दा हिंजो जस्तो लहर छैन।