• होमपेज
  • कला /साहित्य
  • खै जीन्दगी त एकछिन छ आर्को छिन छैन

खै जीन्दगी त एकछिन छ आर्को छिन छैन

  • शुक्रबार, माघ २८, २०७८
खै जीन्दगी त एकछिन छ आर्को छिन छैन

खै जीन्दगी त एकछिन छ आर्को छिन छैन,
तर धनसमप्तिको चिन्ता नभएको दिन छैन।

रित्तो आयौं रूंदै रूंदै रित्तै जान्छौ रूवाउँदै,
कतिवेला आउँछ कालपनि हेर्ने दुर्विन छैन।

चराचर जगत प्राकृतिकै देनहो हामि उस्का,
कुनैछैन मालिक कोही कसैको अधिन छैन।

तिम्ले खोलाको ढुङ्गालाई सिला भन्दै पुज्यौ,
मलाई त अन्धबिस्वासमा कत्ती एकिन छैन।

हो न मागेर खांन्छु न त चोरेर पौरखी मान्छे,
कमायो खायो न धनछ कत्ति पनि रिन छैन।

सरकारले दिएन नोकरी अर्काकै देश पस्यौं,
परनिर्भरछ उत्पादन देश मा आलपिन छैन।

चर्चामा

सम्बन्धित समाचार