• होमपेज
  • समाचार
  • बझाङमा ६ महिनामा ३ सय ४४ नयाँ उद्योग दर्ता, १२ लाख बढी राजश्व सङ्कल

बझाङमा ६ महिनामा ३ सय ४४ नयाँ उद्योग दर्ता, १२ लाख बढी राजश्व सङ्कल

  • बिहिबार, माघ २७, २०७८
बझाङमा ६ महिनामा ३ सय ४४ नयाँ उद्योग दर्ता, १२ लाख बढी राजश्व सङ्कल

अर्थ जङ्ग शाही/ बझाङ — चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा बझाङमा ३ सय ४४ वटा नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको पुससम्म सबै शीर्षकमा गरी घरेलु तथा साना उद्योग कार्यालय बझाङमा उक्त सङ्ख्यामा उद्योग दर्ता भएका हुन् ।

कार्यालयमा उत्पादनमूलक उद्योग, कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलक, सेवामूलक र सूचना प्रविधि शीर्षकमा उद्योगहरू दर्ता हुँदै आएका छन् । कार्यालयमा निजी र साझेदारी गरी लघु उद्यम, घरेलु उद्योग र साना उद्योग गरी तीन प्रकृतिका उद्योगहरू दर्ता हुने गर्दछ ।

दर्ता भएका उद्योगहरूमध्ये सबैभन्दा बढी दर्ता कृषिजन्य उद्योगमा भएका छन् भने सबैभन्दा कम सुचना प्रविधि उद्योगमा दर्ता भएका छन् । जस अनुसार सो अवधिमा कृषिजन्य उद्योगमा २ सय ७३ वटा उद्योग र सुचना प्रविधिका ६ वटा मात्र उद्योग दर्ता भएका छन् । यस्तै उत्पादनमूलक उद्योगमा १० वटा र पहिला पर्यटनमुलक उधाेग छुट्टै दर्ता गर्नुपर्ने भएपनि उक्त उधाेगलाई सेवामुलक उधाेगमा समावेश गरेकाले उक्त उधाेगमा ५५ वटा उधाेग दर्ता भएका छन् भने अन्य खनिजजन्य,निर्माण र ऊर्जामूलक शीर्षकमा कुनै पनि उद्योग दर्ता भएका छैनन् ।

कार्यालयका कम्प्युटर अपरेटर हरिस बमले बझाङमा कृषिजन्य उद्योगमा अनुकूल स्थान र उर्वर भूमि भएकोले पनि यस शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको बताउनुभयो । चालु आर्थिक वर्षको ६ महिनामा दर्ता भएका उद्योगहरूबाट कार्यालयले १२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार