• होमपेज
  • समाज
  • बाजुरामा  प्रहरीद्धारा ४५ लिटर अबैध मदिरा नष्ट

बाजुरामा  प्रहरीद्धारा ४५ लिटर अबैध मदिरा नष्ट

  • बिहिबार, माघ २७, २०७८
बाजुरामा  प्रहरीद्धारा  ४५ लिटर अबैध मदिरा नष्ट

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिकामा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरी चौकी मौरे बाजुरा बाट खटिगएको गस्ती टोलीले त्रिबेणी नगरपालिका वडा नं.४ बस्ने अमृता साउद र तुला साउदको घरबाट बरामत गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साउँदको रानीसेरा डाँडा स्थित गोठछानोमा अबैध मदिरा बिक्री बितरण भई रहेको छ भन्ने सुचनाको आधारमा चेकजाँच गर्दा अबैध घरेलु मदिरा भेटीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनको घरबाट ४५ लिटर मदिरा र मदिरा उत्पादन कच्चा पदार्थ ५ सय लिटर फेलापारी स्थानियको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार