
हाम्रो देश कति शुन्दर लाग्छ मलाई,
जस्तो पुरादेश मेरै घर लाग्छ मलाई।
खोला खोल्सि र हरियो बन जङ्गल,
न त कसैको कुनै डर लाग्छ मलाई।
स्वर्गतुल्य देश उस्तैछ बनावट यँहा,
ढुङ्गा माटोकोपनि भर लाग्छ मलाई।
छैन ब्यबस्था गतिलो त्यत्ती दुःखछ,
किनकी भ्रष्टचार जहर लाग्छ मलाई।
उत्खनन् भयो जताकतै बन फडानी,
जतापनि देखिन्छ रित्तो बगर मलाई।
सुरेशकुमार पान्डे।


