१.देश भयो स्वर्ग झैँ
नेता भए कुकुर झैँ
बुद्ध आऊ शान्ति छर लौ।
२. उपद्रो नगर है
विकास गर देशको
फिजाउ शान्ति विश्वभरी।
३. किन हो नि मैमत्त
थोरै त गर विकास
यत्रो जिम्मेवारी पाउँदा।
४. माखोपनि मारेनौ
फजुल गयो समय
धिक्कार छ नेता ज्युहरु।
५.केको आश जनता
राजाले न्याय पाएनन्
स्यालकै छ रजाँइ यहाँ।
सुरेन्द्र शाही “गुलाब कान्छो”
उपाध्यक्ष
साइनो वांगमय प्रतिष्ठान नेपाल