• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका १५ हजार बढि नागरिक बिदेशमा

बाजुराका १५ हजार बढि नागरिक बिदेशमा

  • शुक्रबार, माघ १४, २०७८
बाजुराका १५ हजार बढि नागरिक बिदेशमा

जंग रावल/बाजुरा — बाजुराका १५ हजार ३ सय ४८ नागरिक बिदेशमा रहेको तथ्याङक सार्बजनिक भएको छ । नेपालको जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार बाजुराका १५ हजार ३ सय ४८ जना नागरिक अनुपस्थितीको तथ्याङमा रहेको देखाएको छ ।
बाजुराको जनसख्याको अनुपातमा ० दशमलव ७१ प्रतिशत रहेको देखाएको छ । जसमा १० हजार ६ जना पुरुस र ५ हजार ३ सय ४२ जना महिला बिदेशमा रहेको प्रारम्भीक नतिजामा देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ ।
२०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ । बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाएको छ ।
२०७८ को प्रारम्भिक नतिजा अनुसार २३ हजार ८ सय ९१ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । बाजुरामा परिवार संख्या २८ हजार ९ सय २२ रहेको जनाएको छ । बाजुराको लैंगिक अनुपात ९४.७० रहेको छ । परिवारको आकार ४.८१, जनघत्व ६४ रहेको छ । बाजुराको बार्षिक बृद्धि दर ०.२९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।

चर्चामा

सम्बन्धित समाचार