• होमपेज
  • कला /साहित्य
  • उत्तपादन बिनाको बितरण कस्तो होला?

उत्तपादन बिनाको बितरण कस्तो होला?

  • सोमवार, माघ १०, २०७८
उत्तपादन बिनाको बितरण कस्तो होला?

सुरेशकुमार पान्डे — राजधानी भित्रै बाट नक्लि मह भेटाएपछि कयौं समाचारहरूको कथनले प्रसाशनहरू भित्र खैलाबैला भयकोछ।असलमा त मिडियाले खोजबिन गरेर दोशि अगाडि ल्याय पछि बल्ल प्रसाशनका आंखा उघ्रिन्छन।
भ्रष्टचारमाथि अंकुश लगाउँनु कार्वाहि गर्नु असमाजिक ततवलाई जेल हालनु त्यो स्वभाबिक पनि हो देशभित्र नक्लि बश्तुको कारोबार गरेर आम जनताको स्वथयसँग गरेको खेलवाडलाई कतै सहि भन्न सकिदैन उनिहरूलाई कार्वाहि गर्नैपर्छ।
तर आखिर देशमा नक्लि माल समानको कारोबार किन र कसरि फैलिन्छ?यस्को सतह सम्म नपुगेर कतिपय ब्याक्तिलाई कार्वाहि गरेर मात्र त्यसको समाधान हुँनेछैन।
के देशमा मह मात्र नक्लिछ त?छैन बरू हामिले प्रयोग गर्ने धेरैजसो बश्तुहरू औषधि सम्म नक्कलि भेट्टिन्छन त्यसबारेमा पनि सरकारले छानबिन गर्नुपर्छ।
खाध्द्यान पथार्थ नक्लि बिक्रिबितरण हुनु वा त्यसको बिकाश हुनुभनेको प्रमुख कारण देशमा त्यसको माग बढि हुनु र त्यसको उत्तपादन कमहुनुले पनिहो।हामिले महको उत्तपादन गर्दैनौ वा उत्पादन गर्दा त्यसको लागत धेरै हुन्छ त्यसपछि आम जनताले किन्न सक्दैनन त्यसैको विक्लपमा यो नक्लिकारोबारले ठाउँ पायो।यो सबै उचित दरको दोकान सरकारले ब्यबस्था गर्न नसक्नुनै हो।
देशभित्र अहिले बिमारीलाई पिलाउँने नोरियलको पानि बन्द बोतलमा बिदेशबाट आउँछ त्यो पनि के सांच्चै नोरिएलको पानी हुन्छ?एकप्रकारको कैमिकल बाट तैयार गरेकोनै हुनसक्छ।बजारमा मौसमि जांहा तां पाईदैन जो रोगिको लागि लाभदायक हुन्छ।के हाम्रो देशमा मौसमिको खेतिनै नभयर हो त?होईन माटोमा जे पनि हुन्छ त्यसलाई हामिले गर्न नसक्नु वा सरकारी क्षेत्रबाट त्यसको ब्यबस्था गर्न नसक्नुले हो।
अहिले गाई भैंसि पाल्न छाडे तर दहि महि,घ्यु,अनि पनिर नभै हुँदैन अब भन्नुस भैंसि गाई नपालेपछि दही दुध पनिर घ्यु कसरी उत्पादन हुन्छ?छिमिकि देशभारतमा एक अरब३५करोडको जन संख्याछ त्यो जनतालाई प्रत्येक घरमा चिया पिउनेहरूको संख्या होला,दुध पनि पिंउदा होलान घ्युपनि खांदाहोलान,भैन भनेर पनिरका बिभिन्न प्रकारका आईटम हरू बन्छन।कुनैपनि बिबाह पार्टिहरूमा पनिरकै माग हुन्छ।
आखिर त्यो दुध कंहा बाट आउँछ?त्यहि भारतबाट आएको पनिर,घ्यु दुध र दुधबाट बनेका तमाम बस्तुहरू बिक्रि हुन्छन र त्यो सस्तोपनि हुन्छ।म एकदिन सदर बजारमा पनिर किन्न थाले एक ठाउँ १५०के.जी,एक ठाउँ २००रूपिया केजि भन्यो अनि दोकान्दरले दुई सए चालिस र दुईसए बिस रूपियाको किलो दिन्छन।आखिर एक सए पचास रूपिया किलो बेच्नेले कसरी बेच्छ?एक केजी पिओर दुधको मूल्य मैले रू६५दिएर लिन्छु।एक केजी पनिर बनाउँन कम्तिमा अढाई किलो राम्रो दुध चाहिन्छ।यसरी एक किलो पनिर बनाउँदा एक सए साठि पैंसठ्ठि पर्छ भने १५०मा दिएर उस्ले बिष दश रूपिया घाटा किन खान्थ्यो बरू एक के जि पनिरमा त कम्तिमा बिस रुपिया मुनाफा गर्नै पर्छ।
उस्ले आफ्नो दोकानमा लेखेको थियो यदि कसैले नक्कलि प्रमाणित गर्छ भने दशहजार नकद पुरस्कार पनि दिन्छु” भनेर।यहि पनिर नेपालमा आउँछ र खुलेआम बिक्छ।
अहिले मानिसले लालाबाला पाल्न छाडेकाछन तर खानस त लाग्छ बजारबाट किन्दा पनि जुन दोकानदारले सस्तो दिन्छ वा जां सस्तो पाईन्छ त्यहि किन्नुपर्छ किन कि कमाईपनि छैन।एकातिर रोजगारछैन खर्च बढेकोछ अनि खानपनि परेकोछ यस्तैमा यि नक्लि बस्तुहरूले बजार पाएका हुन्छन।
बिगत बर्षमा पलास्टिकको चामल पनि देशभित्रियको बिभिन्न समाचार माध्यामबाट सुनियो।कयौं पटक औषधि नक्लि पनि फेला पर्यो।
यो सबै हुनुमा सरकारको नै दोशछ एउटा भाले बेच्दा कर अनि दलाल तेसैमा लाग्छ,केहि उत्पादन गरेर बेच्दा त्यसमा कर तिर्नुपर्छ जनताले मुनाफा भयन भने कसरी उत्तपादन गर्न सक्छ?यो अबस्थामा प्रसाशनकै शंमरक्षित यो नक्लिकारोबारहरूको बिकाश भएको हुन्छ।
जस्लाई एक दुई जनालाई पक्रेर मात्रै यो नक्लिकारोबार बन्द हुँदैन बरू भ्रष्टचारको उद्गम स्थललाई खोजेर त्यसको सतह सम्म पुगेर छानबिन गर्नुपर्छ।
यो पुंजिवादी ब्यबस्थामा मानिसले उत्पादन बढाउँन प्रयोग गर्ने बिषाक्त कैमिलले गर्दा एकातिर जमिन समेत बिस्तारै खराब हुँदै गयो आर्को तिर त्यो बिषालु कैमिकल बाट उत्पादन भयको बस्तुको प्रयोगले मानव समाज रोगि कम्जोर नापुषक समेत हुंदै गयकोछ।
बिदेशका बिषालु खाद्मानले गर्दा आज हाम्रो समाज रोगि हुँदै आएकोछ र भ्रष्टचार फैलिंदै गयकोछ।
सरकारको सहयोग नमिल्दा उत्पादनमा मन लाग्दैन र देशमा प्रत्येक घरका ब्यक्ति बिदेश तर्फ पलायन हुन्छन अनि बिना उत्पादन कसरी ओरिज्नल बस्तु पाईन्छ देशमा।यसबारे सरकार राजनीतिक पार्टीहरू र जनता सबै थोरैधेरै दोशिछन।तर प्रमुख दोशि भने हाम्रो देशको सरारनै हो।

चर्चामा

सम्बन्धित समाचार