• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका प्रमुख उपेन्द्रराज पौडेल द्धारा परिचयात्मक कार्यक्रम

बाजुराका प्रमुख उपेन्द्रराज पौडेल द्धारा परिचयात्मक कार्यक्रम

  • सोमवार, माघ ३, २०७८
बाजुराका  प्रमुख उपेन्द्रराज पौडेल द्धारा परिचयात्मक कार्यक्रम

बाजुरा — बुटवल इलाका प्रशासन कार्यालय बाट सरुवा भई जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यालय प्रमुखको रुपमा आएका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले पहिलो दिन पत्रकार सँग परिचयात्मक कार्याक्रम गरेका छन ।
बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपाल कुमार अधिकारीको सरुवा भए सँगै बुटवल इलाका प्रशासन कार्यालय बाट सरुवा भई बाजुरा जिल्ला प्रशासन कार्यालयमा प्रजिअकाे रुपमा आउएका  पौडेलले पहिलो दिन पत्रकार सँग परिचयात्मक कार्याक्रम गरेकाे हो ।

पत्रकार सँग परिचयात्मक कार्याक्रम भए सँगै बाजुरा जिल्लामा घट्दै आएका घटना हरुलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,र जिल्लामा कार्यारत पत्रकारहरुले आ-आफ्नो ठाउँमा निति , नियम र नेपाल सरकारले सुचिकृत गरेको नियमावलीलाई पालना गरि बाजुरामा भएका अनैतिक घट्ना घट्न नदिन बाजुरा जिल्लाका नागरिकका सवालमा काम गर्न प्रजिअ  पाैडलले अनुराेध गरेका छन । भर्खरै बुटवलबाट सरुवा भएर बाजुरा आउनु भएका प्रमुख जिल्ला अधिकारी  पौडेलले बाजुरामा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन । सोमबार जिल्ला स्थीत पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रममा प्रजिअ पौडेले यस्तो बताएका हुन । आफ्नो दायित्व भनेको शान्ति , सुरक्षा र अमनचयन कायम गर्ने र विकास व्यवस्थापनलाई सहजिकरण गर्ने हो  उनले भने।

  यसमा बाजुरेली जनता , राजनितिक दल र स्थानिय तह लगाएत सबैको साथ सहयोग चाँहिने बताएका छन । बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रममा बाल्दै आफुबाट हुने काम तथा बाजुराका विकास व्यबस्थापनको शिलशिलामा सबै संग सहकार्य र समन्वय गरी अघी बढ्ने उनले बताए ।

त्यस्तै तेस्रो लहरको ओमिक्रोन कोरोना भाइरस भयावहक भएकाले सबै नागरिक सचेत रहन आग्रह गरेका छन् । ओमिक्रोन भाइरसबाट बाजुरा पनी अछुत नरहेकाले सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित रहनु पर्ने प्रजिअ पौडेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार