• होमपेज
  • समाचार
  • निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

  • आइतवार, पुस १८, २०७८
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

जाजरकोट — भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।

‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं, अदालतबाट म्याद थपाएर केही बेरमा सार्वजनिक गछौं, ‘उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय बीस रुपैयाँ नगद पनि बरामद भएको छ,’ डीएसपी थापाले भने ।

प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक भने गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार