धनिका घरमा अन्न फालाफाल हुन्छ सधैभरी,
मजदुरहरूका घरमा अनिकाल हुन्छ सधैभरी।
संसारभरी मान्छे मान्छे बिचमा कति बिभेदछ,
अन्याय र अत्याचार ले वे-हाल हुन्छ सधैभरी।
राजनीति पनि धनिको प्याउते भयो दुनियामा,
गरिब युवा धनि जोगाउने ढाल हुन्छ सधैभरी।
जसले यो दुनियां लाई सिगाय्रो महल बनायो,
त्योनै दुनिको सबैभन्दा कंगाल हुन्छ सधैभरी।
पुँजिवादी समाजमा हालिमोलाली शोशकको,
ठग ढांट,चोर डांका माला माल हुन्छ सधैभरी।
सोजा साझाको छैन जीन्दगि भ्रष्टचारीकै राज,
उनैलाई अचानो बनाउने कुचाल हुन्छ सधैभरी।
सुरेशकुमार पान्डे।