सबैले आ-आफ्नो अधिकारका कुरा गर्छन,
हरेकले निजि स्वार्थ अनुसारका कुरा गर्छन।
राष्ट्रीयता र गणतन्त्रकै कसैलाई छैन चिन्ता,
काला बजारी महंगि भ्रष्टचारका कुरा गर्छन।
समाज भित्र उस्तै छ जातिय छुवा छुत पनि,
समाजवादी अन्मुख ब्यबहारका कुरा गर्छन।
कसैले फेलगराउँनै बहुदलिय ब्यबस्था लाई,
पछाडि फर्काउ्न राज दरबारका कुरा गर्छन।
लाग्छ छैन अधिकार देश भित्र देश वासिको,
रातौ दिन सदन भित्र हकदारका कुरा गर्छन।
राजनीति कस्ले गरेकोछ देशको लागि यहाँ,
यो देशभित्र नेताले त ब्यपारका कुरा गर्छन।
आफुले सिन्कै नभांचे पनि हुँन क्रान्तिकारी
आमूल परिवर्तन गर्ने औतारका कुरा गर्छन।