बाठमाडौं — लुम्बिनीमा बसपार्कमा आगलागी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन्। गएराति भएको आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएका छन्।
राति साढे एक बजेतिर भएको आगलागीबाट झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका र क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ।स्राेत दिनेशखबर ।