बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशको मायाँछ भने देशबासी हो अखण्ड भएर बसौं

देशको मायाँछ भने देशबासी हो अखण्ड भएर बसौं

  • मङ्लबार, मंसिर २८, २०७८
देशको मायाँछ भने देशबासी हो अखण्ड भएर बसौं

एम सीसीलाई हाम्रो देशबाटै पखाल्नु पर्छ सधैका लागि,
साम्राज्यवाद को किल्ला समेत ढाल्नु पर्छ सधैका लागि।

छन लाई छन बिदेशीका दलाल हाम्रो देशमा बिराजमान,
देशभक्तकै एकताले उन्लाई निकाल्नु पर्छ सधैका लागि।

एउटा स्वतन्त्र देशलाई सहयोगको बहानामा फसाउँदै छ,
कथित अनुदान ल्याउँनेहरू नै फाल्नु पर्छ सधैका लागि।

ए सरकार बरू खारेज गर संघियता जो आर्थिक भार छ,
बनाउँ उद्दोग युवालाई देश भित्रै पाल्नु पर्छ सधैका लागि।

हाम्रो देशमा बिकासका श्रोत र साधनहरू प्रसस्तै हुन्छन,
देश बाट मात्र कु सँस्कारलाई खंगाल्नु पर्छ सधैका लागि।

देशको मायाँछ भने देशबासी हो अखण्ड भएर बसौं अब,
ढिलो भयो कि बर्गशंघर्ष हामिले थाल्नु पर्छ सधैका लागि।

चर्चामा

सम्बन्धित समाचार