बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • समाचार
  • महिलासँग ‘ब्ल्याकमेल’ गरेको आरोपमा भारतीय युवक पक्राउ

महिलासँग ‘ब्ल्याकमेल’ गरेको आरोपमा भारतीय युवक पक्राउ

  • मङ्लबार, मंसिर २८, २०७८
महिलासँग ‘ब्ल्याकमेल’ गरेको आरोपमा भारतीय युवक पक्राउ

नेपाली महिलासँग सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएप मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले काठमाडौंबाट भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित कोपागञ्ज घर भएका ३१ वर्षीय मोहम्मद सालीम छन् ।

उनलाई कलंकीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए । बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्दा चिनजान भएकी महिला सहकर्मीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर सालीमले आफन्तलाई पठाएका थिए ।

दुबईबाट फर्केपछि नेपालमा आएर सालिमले ती महिलालाई होटलमा भेट्न बोलाए । होटलमा नगएपछि अश्लिल फोटो बनाएर फेसबुक र ह्वाट्एपमार्फत आफन्तलाई पठाएका थिए । महिलाको नाममा नक्कली आइडी बनाएर अश्लिल फोटो पोष्ट गरेर उनले चरित्र हत्या गरेको एसपी मैनालीले  बताए । उनलाई विद्युतीय कारोबार ऐन मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार