
रुपक खडका/बझाङ — जिल्लाका आयुर्वेद केन्द्रमा कार्यरत बैध्यहरुलाइ आयुर्वेदको पन्चकर्म र सिरोधरा बिधिबाट उपचार गराउन २ दिने क्षमता अभिबृदी तालीम सुरु भएको छ ।
देउलेख प्राथमिक स्वास्थ्य केन्द्रका डा:बर्षा पौडेल प्रमुख अतिथि रहनु भएको कार्यक्रम स्थानीय स्तरमा उत्पादन जडिबुटी तथा आयुर्वेदका औषधि सेवन गर्दा स्वास्थ्य पुर्णरुपमा स्वस्थ्य रहने बताउनु भएको छ । जिल्ला आयुर्वेद कार्यलयका डा:सुर्य उपाध्यायले मानव जिबनलाई स्वस्थ्य राख्न योगासन, मेडिटेसन र शारीरिक ब्याम गरि खानपिनमा ध्यान दिए कुनै पनि रोग नलाग्ने बताउनु भयो। अन्यपालिकामा कार्यरत बैध्यहरुलाइ विभिन्न सेसनमा आयुर्वेदका औषधि र थेरापिको बारेमा पुर्नमुल्याकन गरि आमनागरिकको स्वास्थय अबस्था बुझी घरेलु तथा हाम्रा बनजङ्गलमा पाइने जडिबुटीको प्रसोधन गरि प्रयोग गर्न उत्साहित गर्नुपर्ने बताए ।सामान्य बिरामीले पनि छिटो सन्चो गराउनका लागी एन्टिबायोटिकको सेवन तथा प्रयोग गरिएपनि यसले दीर्घकालीन असर पार्न बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गरिरहेकी तुलक्षा जोशिका अनुसार बाथ रोग बाट थलिएको उहाँको शरीर अहिले निकै सुधार भएको बताइन। नशा,हाडजोर्नी र मानसिक रोग सम्बन्धि जिल्ला आयुर्वेद बझाङमा सिरोधरा विधि र पन्चकर्म बिधिबाट दैनिक १५ देखि २० जना बिरामीले उपचार पाइरहेको सुचना अधिकृत मिनराज पुरीले बताउनु भयो।
