• होमपेज
  • विचार/ब्लग
  • नेताले देश भाँडभैलो गरिसके: अब देशमा पुन राजतन्त्र फर्किनुपर्छ: (अर्थ जङ्ग शाही)

नेताले देश भाँडभैलो गरिसके: अब देशमा पुन राजतन्त्र फर्किनुपर्छ: (अर्थ जङ्ग शाही)

  • सोमवार, मंसिर २०, २०७८
सेयर गर्नुहोस् :
नेताले देश भाँडभैलो गरिसके: अब देशमा पुन राजतन्त्र फर्किनुपर्छ: (अर्थ जङ्ग शाही)

कोरोनाको कहर देखाएर देशलाई भ्रष्टचार गरिखाने नेताले फेरी अझ जनतालाई कोरोना जस्तै नयाँ रोग`ओमिक्रोन भाईरसको’कहर देखाएर भ्रष्टचार गर्नमा तम्सिन लागी परिरहेका छन्। यस बिरुद्धमा हामीले लड्नका लागी देशमा पुन:राजतन्त्रको आवश्यकता परेको देखीन्छ ।

राजतन्त्र भनेको शासन प्रणाली हो, जसमा एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए।

राजा महेन्द्रले स्थापना गरेका उद्योग र कारखानाहरू इण्डियनहरूलाई कौडीको भाउमा बेचेर, धमिजा आदि काण्ड रचेर, दशैँका बोकाझैँ सांसद किनबेच गरेर भ्रष्टाचारलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गरे । यो आर्थिक क्रान्तिबाट प्रभावित भएर पुष्पकमल र बाबुरामहरूलाई डाहा भयो । अब आफैं राजा बनेर योभन्दा बढी, अकल्पित आर्थिक क्रान्ति गर्न धनयुद्ध नामक जनयुद्ध सुरु गरे । तर सुरुमा उनीहरूले विस्तारवादी इण्डियाको सहयोग आवश्यक ठानेनन् ।

केही वर्ष यता ‘राजा आउ देश बचाउ‘ भन्ने नारा सुनिदै थियो भने हिजोआज यो आह्वानले तिब्रता लिन थालेको छ । दलहरुले राजसंस्थाको खारेजी र गणतन्त्र स्थापनाका पक्षमा जे जति सतही तर्क पेश गरेपनि यसका पछाडि वास्तिवक कारण अरु नै थियो भन्ने सत्यथत्य धेरै पटक उजागर भएको छ । दलहरुको उदय र शक्ति आर्जनमा विदेशीको लगानी, तिनको रवैया, प्रवृत्ति , चरित्र र गतिविधिले गर्दा राजसंस्था वाहेकको अर्को राष्ट्रिय शक्ति हुन सक्दैन भन्ने वुझाई आज जनताको ठूलो हिस्सामा पर्न गएको छ । यसले राजसंस्था प्रति पुन जनविश्वास जागृत गराउन मद्दत पुगेको “राजा आउ देश बचाउ” भन्ने आह्वानबाट प्रष्ट हुन्छ ।

आज देशमा साझेदारी, प्रक्रिया, उद्देश्य, समस्या समाधान केवल पार्टीको र कार्यकर्ताको भलाइको लागि गरिएको छ । साधारण जनताको कुनै अस्तित्व छैन । शक्तिको दुरुपयोग र पैसाको लोभले समाजलाई अगाडि लैजान सक्दैन, तथापि भइरहेको छ त्यही । जुन तरिकाले समाज अगाडि बढिरहेको छ त्यसलाई हेर्ने हो भने हामी प्रजातान्त्रिक अभ्यास नभई सामाजिक डार्विनवादको अभ्यास गरिरहेका छौँ । अब हाम्रो देशको लागि राष्ट्रिय एकताको ग्यारेन्टरका रूपमा कसैको आवश्यकता छ र त्यो आवश्यकता भनेको संवैधानिक राजतन्त्र नै हो ।

अब राष्ट्र बचाउने हो भने सबै नेपालीको एकता अपरिहार्य छ । एकता पार्टीले होइन राजतन्त्रले मात्र दिन्छ । त्यसकारण, नेपाली जनताहरू राजाले राष्ट्रपतिभन्दा बढी देशको छवि दिन्छन् भन्ने कुरामा विश्वस्त छन् । रोगी देशका लागि राजतन्त्र औषधी हुन्छ जस्तो लाग्छ । राजतन्त्रले पहिचानको बहुलता र निरन्तरताभित्र निरन्तर नवीकरणको प्रतिनिधित्व गर्दछ । राजतन्त्र एक उत्तम प्रणाली नहुन सक्छ, तर यो नेपालजस्तो देशका लागि सबैभन्दा राम्रो हो । जुन तरिकाले गतिशील छ, यो प्रमाणित भएको छ कि नेपालमा राजतन्त्र गणतन्त्र भन्दा बढी प्रजातान्त्रिक थियो !

चर्चामा

सम्बन्धित समाचार