शनिबार, असार १३, २०८३
  • होमपेज
  • समाचार
  • ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • बिहिबार, कार्तिक २५, २०७८
सेयर गर्नुहोस् :
ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं — ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकले बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको हो । लामालाई उपचारको लागि ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण भैरव चौर नजिकै बुधबार बेलुकी नम्बर खुल्न नसकेको सवारी साधनले बा ३१ प ७५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरका ३४ वर्षीय जंग बहादुर चौधरी रहेका छन् । उनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार