• होमपेज
  • राजनीति
  • भीम रावलले एमालेको खाताबाट झिकेको ३० लाख फिर्ता नगरेको आरोप

भीम रावलले एमालेको खाताबाट झिकेको ३० लाख फिर्ता नगरेको आरोप

लेखराज भन्छन्ः रकम फिर्ता दिनुहुन्छ भन्ने विश्वास छ

  • बुधबार, कार्तिक २४, २०७८
भीम रावलले एमालेको खाताबाट झिकेको ३० लाख फिर्ता नगरेको आरोप

धनगढी — तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भीम रावलको नेतृत्वमा पार्टीको खाताबाट लिइएको ३० लाख रुपैयाँ फिर्ता नभएको बताइएको छ। रावल तत्कालीन समयमा प्रचण्ड–माधव समूहमा हुँदा प्रदेश कमिटीको खाताबाट झिकिएको रकम फिर्ता नभएको एमाले सुदूरपश्चिमले जनाएकाृ हो।

रावल एमाले ब्यूँतिएपछि माधव समूह हुँदै एमालेमै फर्के पनि ३० लाख रुपैयाँको हिसाब नआएको एमाले सुदूरपश्चिम प्रदेशका इञ्चार्ज लेखराज भट्टले बताए। मंगलबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। पार्टीमा खाता रकमबारे छलफल नभएको र यस विषयमा विस्तारै छलफल गर्ने उनले बताए। ‘उहाँ पार्टीको उपाध्यक्ष भएकाले पार्टीको रकम फिर्ता दिनु होला भन्ने हामीलाई विश्वास छ,’ उनले भने। रावलको नेतृत्वमा नेकपाको विवाद हुँदा ३० लाख रुपैयाँ लगेको एमालेको आरोप लागेको छ।

रावलले पनि आफू इञ्चार्ज भएकाले प्रदेश कमिटीको खाताबाट पैसा निकालेको स्वीकार गरिसकेका थिए। दिनेश खबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार