
उदयपुर — प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । प्रहरीले २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिमचुङबुङ गाउँपालिका-५ जाँते बस्ने ६८ वर्षीय सिंह बहादुर राईलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
