• होमपेज
  • समाचार
  • बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

  • आइतवार, कार्तिक १४, २०७८
बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं — ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार राति कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको छ ।

करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीको भनाइ छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार