• होमपेज
  • समाचार
  • जयपुथ्वी राजमार्ग अवरुद्ध हुदाँ: बझाङमा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

जयपुथ्वी राजमार्ग अवरुद्ध हुदाँ: बझाङमा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

  • शनिबार, कार्तिक १३, २०७८
जयपुथ्वी राजमार्ग अवरुद्ध हुदाँ: बझाङमा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

अर्थ जङ्ग शाही/बझाङ — बझाङको केदारस्युँ गाउँपालिकाकी गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। केदारस्युँ गाउँपालिका वडानम्बर ८ का विनोद खत्रीकी श्रीमती २२ वर्षीया लक्ष्मी खत्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो।

लोतु सामुदायिक स्वास्थ्य एकाइ प्रमुख पुष्पा बोहराका अनुसार शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन्। साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेको र शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भएपछि खत्रीलाई धनगढी पठाइएको उनले बताइन्।

शनिबार बिहान गाउँपालिकाकी उपाध्यक्ष निशा धामीलाई टेलिफोनमार्फत समस्या बताएपछि उद्धारका लागि पहल सुरु भएको थियो। विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो।

जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पुर्‍याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको धामीले बताइन्। सडक अवरुद्ध हुँदा यहाँका जटिल प्रकारका बिरामीलाई समस्या हुने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार