• होमपेज
  • समाचार
  • वन मुद्दाका फरार प्रतिवादी पक्राउ

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

  • बुधबार, कार्तिक १०, २०७८
वन मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ — वन मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०७५ चैत १२ गतेको फैसलाले वन मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ लाख ३३ हजार रुपैयाँ जरिवाना ठहर भई विगत ३ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार