• होमपेज
  • राजनीति
  • संकट गहिरिएपछि बिदा बसेका न्यायाधीश अदालत फर्के

संकट गहिरिएपछि बिदा बसेका न्यायाधीश अदालत फर्के

  • मङ्लबार, कार्तिक ९, २०७८
संकट गहिरिएपछि बिदा बसेका न्यायाधीश अदालत फर्के

न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायाधीश सर्वोच्च अदालत फर्केका छन् । न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । न्यायाधीश सुवेदी एक साताको बिदा स्वीकृत भए पनि उनी दोस्रो दिन नै अदालत फर्केको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै अर्का न्यायाधीश चुडालले पनि आगामी बिहीबारसम्मको बिदा लिएका थिए । तर उनी पनि मंगलबार नै सर्वोच्च फर्केका छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशबीच खटपट भएपछि सर्वोच्चको सोमबारको इजलास र प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठक नै बस्न सकेको थिएन । सोमबार छुट्टै बैठक बसेका न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायालयको साख जोगाउनुपर्ने निष्कर्ष निकालेका थिए ।

यसैबीच आज न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दैछन् । अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार