• होमपेज
  • समाचार
  • २ लाख ८२ हजार नगद सहित ११ जना जुवाडे पक्राउ

२ लाख ८२ हजार नगद सहित ११ जना जुवाडे पक्राउ

  • आइतवार, अशोज ३१, २०७८
२ लाख ८२ हजार नगद सहित ११ जना जुवाडे पक्राउ

गोकर्णेश्वर नगरपालिकामा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार