
काठमाडौं — १२०३१ नमूना परीक्षणमा ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ६ हजार १६८ नमूनाको पीसीआर र ५ हजार ८६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६३६ र एन्टिजेन विधिबाट १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको हो। मन्त्रालयका अनुसार शनिबार थप ८ सय ९९ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३१७ जनाको भेन्टिलेटरमा र ११३ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ९०९९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
