• होमपेज
  • समाचार
  • ढुंगा चोर्दै गरेको ट्याक्टर भगाउन खोज्दा चक्काले किचेर मजदुरको मृत्यु

ढुंगा चोर्दै गरेको ट्याक्टर भगाउन खोज्दा चक्काले किचेर मजदुरको मृत्यु

  • सोमवार, अशोज ११, २०७८
ढुंगा चोर्दै गरेको ट्याक्टर भगाउन खोज्दा चक्काले किचेर मजदुरको मृत्यु

विराटनगर — मोरङको लेटाङ नगरपालिका-९ जाँतेमा प्रदेश १–०१–००१ त–८२५४ नम्बरको ट्याक्टरले किचेर सोमबार बिहान एक युवकको मृत्यु भएको छ । तेली खोलामा ढुंगा चोरी गर्दै गरेको ट्याक्टर भगाउने क्रममा सोही ट्याक्टरकै ट्रलीको चक्काले किचेर मोरङको उर्लाबारी नगरपालिका–२ का २३ वर्षीय अमन धिमालको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार धिमाल सोही ट्याक्टरका मजदुर हुन् । खोलाका ढुंगा चोरी गरेर लोड गर्दै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरीलाई देखेपछि चालकले ट्याक्टर भगाउन खोजेको उनले बताए ।

उनका अनुसार भगाउने क्रममा ट्याक्टरबाट खसेका धिमाललाई ट्रलीको चक्काले किचेको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहान १० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनापछि चालक उर्लाबारी–२ का २१ वर्षीय लक्ष्मण कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । ट्याक्टर लक्ष्मणकै बुवा नगेन्द्र कार्कीको रहेको खुलेको छ । प्रहरीका अनुसार ट्याक्टरका चालक लक्ष्मणसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।अन्नपुर्ण पाेस्टबाट साबार

चर्चामा

सम्बन्धित समाचार