• होमपेज
  • बडिमालिका
  • बाजुरामा चिकित्सक द्धारा दातको उपचार सेवा

बाजुरामा चिकित्सक द्धारा दातको उपचार सेवा

दन्त चिकित्सकको सेवा प्रभाबकारी बन्दै

  • आइतवार, अशोज १०, २०७८
बाजुरामा चिकित्सक द्धारा दातको उपचार सेवा
जिल्ला अस्पताल बाजुरामा दन्त चिकित्सक डा. राजकुमार रोकाया दातका बिरामीको उपचार गर्दै ।

बाजुरा — जिल्ला अस्पताल बाजुरामा दन्त चिकित्सक मार्फत दातको उपचार सेवा सुचारु भइरहेको छ । जिल्ला अस्पताल बाजुुराले करारमा दन्त चिकित्सक डा. राजकुमार रोकाया राखेर सेवा सञ्चालन गरिरहेको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले वताएका छन् ।
अस्पताल बाजुरामा चिकित्सक मार्फत दन्त सेवा सञ्चालन भएपछि दातको उपचारका लागि धनगढी जानुपर्ने बाध्यता टरेको छ । दैनिक अस्पतालमा ६ जना भन्दा माथि दातको समस्या ल्याएर उपचारका लागि आउने गरेको डा. राजकुमार रोकायाले वताए । शुरु शुरु भएकाले थोरै बिरामी आइरहेका छन्, अस्पताल बाजुरामा दातको उपचार हुने गरेको प्रचार प्रसार भए बिरामीको संख्या बढने रोकायाले वताए ।
बर्षौ देखी दातको समस्या पालिरहेका बिरामीले जिल्लामै पहिलो पटक उपचार पाएका छन् । डा. रोकाया अनुसार आर्थिक अभाबमा जिल्ला बाहिर जान नसकेका बिरामीले लामो समयपछि उपचार पाएको वताए । लामो समय देखी दातको समस्या पालिरहेका दैनिक एक दुई जना उपचारमा आउने गरेको उनले वताए । उपचारमा आउने लामो समय देखी रोग पालि रहेका अधिकांश आर्थिक अभाबमा जिल्ला बाहिर जान नसक्ने रहेको अस्पतालले वताएको छ ।
अस्पताल बाजुरामा ४ बर्ष पहिला केही महिना दन्त सेवा सञ्चालन भएको थियो । बिचमा चिकित्सक नपाएर सेवा बन्द रहेको थियो । चिकित्सक राख्नका लागि पटक पटक बिज्ञापन गरेका थियौ, डा. राजकुमार यहि जिल्लाको भएकाले आउन तयार भएपछि चिकित्सक पाएको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष भरत थापाले वताएका छन् । पहिला चिकित्सक नहुदा सेवा सञ्चालनमा समस्या भएको थियो, अहिले चिकित्सक पाउँदा नियमित दातको उपचार भइरहेको थापाले वताए ।
जिल्लामै सामान्य दातको उपचारको लागि जिल्ला बाहिर जाानु पर्ने थियो, अब जिल्लामै उपचार सेवा सुचारु भएपछि त्यो बाध्यता टरेको स्थानियले वताए । सामान्य दातको उपचार गर्नका लागि धनगढी नेपालगञ्ज जानु पर्ने बाध्यता रहदै आएको थियो ।
दन्त उपाचर सुचारु भएपछि दात झिक्ने, मेसीन बाट दात सफा गर्ने, किरा लागेको दात भर्ने, दातको एक्सरे गर्ने,सेवा सुचारु भएको अस्पताल बाजुराले जनाएको छ । डा. राजकुमारले उपचार सँग दात सम्बन्धि बिरामीलाई परामर्श दिने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार