• होमपेज
  • समाचार
  • ट्रिपरको ठक्करले एकको मृत्यु, दुई घाइते

ट्रिपरको ठक्करले एकको मृत्यु, दुई घाइते

  • आइतवार, अशोज १०, २०७८
ट्रिपरको ठक्करले एकको मृत्यु, दुई घाइते

नुवाकोट — नुवाकोटको थानसिङमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन । मृत्यु हुनेमा लिखु–३ पट्टावारीका २८ वर्षिय रामकुमार गजुरेल रहेका छन ।

लिखु गाउँपालिका ५ डुडेवगैचा थानसिङमा आइतवार मध्यराती काठमाडौंबाट नुवाकोटको ढिकुरेतर्फ जांदै गरेको ना८ख ५७९१ नम्वरको ट्रिपरले मोटरसाइकल रोकेर कुराकानी गरिरहेका वेला ठक्कर दिँदा गजुरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सो घटनामा गजुरेलका साथीहरु सोही स्थानका ३२ वर्षिय प्रकाश पाठक र ५५ वर्षिय नवराज रोक्का गम्भीर घाइत भएका छन ।

घाइते दुवै जनाको काठमाडौंको ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । घटनाको विरोध गर्दै स्थानीयले काठमाडौ जाने ढिकुरे–छहरे–टोखा सडकमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले चालकलाई पक्राउ गरि कारवाही गरिनु पर्ने र मृतकका आश्रित परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग गरेका छन । फरार रहेका ट्रिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार