• होमपेज
  • कला /साहित्य
  • जस रावलकाे बाजुराली भाषामा मुक्तक

जस रावलकाे बाजुराली भाषामा मुक्तक

  • सोमवार, भदौ २१, २०७८
जस रावलकाे बाजुराली भाषामा मुक्तक

१. मुक्तक,
खाेलाे बगायाँ अाँसुकाे पानी हाे ,याे भन्नै पड्याे
मुटु दुख्ताे छ मर्न्याहरी बानी हाे, याे भन्नै पड्याे
हुनत तमी हप्पल्ला जातकी मान्ठ हाै थाहा छ,
तुमीकी हर्याकाे माया नजानी हाे,याे भन्नै पड्याे।

२.मुक्तक,
यस्तै हर्नी रयाछाै तमी मायाकाे खेल,कुडा मिल्दैन
तुमी बाटै भयाकाे हाे यइकाे जालझेल ,कुडा मिल्दैन
उहीँ बेला त भन्नी छियाै तमी बिना बाँच्दैन मु अब त,
लास्टै अाज तुमी अाफै भयाे मुट्टीतेल ,कुडा मिलेन।

३.मुक्तक,
नाैला कुडाहरुलाई झिक्कै काम ,देउपन अब
उही पुरानै बिचारहरुलाई अाराम ,देउपन अब
काँही अाफै रड्याै भन्या घटना हाेला,तुम्मै घाटा,
नेता ज्यु अाफ्नु जिब्डाेलाई लगाम,देउपन अब।

४.मुक्तक,
तम्माे पुवाडी मायामा लटपटियाँ,क्या फरक हुन्याँ छ।
हाे पछुत्ताले म आफैँ भटभटियाँ,क्या फरक हुन्याँ छ।?
देश बनादाभ्याैँ भन्याले नै त देश लुट्दाइछन् सबै
लटपटयाउँदाेभ्याँ भन्याबाटै लुटियाँ, क्या फरक हुन्याँ छ ?

५.मुक्तक,

खुशीको रङग पोल्न्या पनि माया नै रह्याेछ
हृदयको ढोका खोल्न्या पनि माया नै रह्याेछ।
खुशी, उमङ् मात्तै हैन रैछ माया दु:खका कुडा
जिन्दगीका पाना छिचाेल्न्यापनि माया नै रह्याेछ ।
६.मुक्तक,

चामल हुन नसक्न्या त्यो ,धानको क्या महत्त्व
पुण्य हुन नसक्न्या त्यो ,दानको क्या महत्त्व ।
तोलाको वचन खोलामा हिर्काउन्या भया पछि,
सुन्नै नसक्न्या भया त्याे,कानकाे क्या महत्त्व ।।

७ . मुक्तक,
मच्छडै नथाम्न्या भया त्याे,झुलकाे क्या काम
धेक्नै नपाइन्या भया त्याे,फूलकाे क्या काम
हेर्दा सबैले छँदैछ भन्न्या भित्त केही अाछिन,
पिउनै नपाइन्या भया त्याे ,मुलकाे क्या काम।।

८.मुक्तक,

छाेडेर झानेहरु भन्दैछन,पीडा झिक्कै भइग्याे!
हु न त तम्माे बिछोडकाे,कथा निक्कै भइग्याे!
दुई दिनलाई हो भन्या त ,लाउदै नलाउ माया
अबत याे जाेवन तम्मा यादकन,ठिक्कै भइग्याे ।

९.मुक्तक,
जीवनभरी हुन्या गरी दैवले,पीडा क्यान दियाे!
हेर त समाली नसक्न्यागरी,घृणा क्यान दियाे!
सबै जाना जिउनार हर्न्या बेला ,मुकी त ,उही
दैवले भात ,राेटा छाडिकी ढिडा क्यान दियाे!!

१०.मुक्तक,
अाजभाेली झिक्कै स्वादि,लाग्दाे तमी धेक्या!
हार्या पनि निकै हाे, उपादि लाग्दाे तमी धेक्या!
हुन त हार्नु पनि झितै हाे भन्दा छन भन्न त,
मायाका कुडाकाे व्यादि लाग्दाे तमी धेक्या !!

चर्चामा

सम्बन्धित समाचार