• होमपेज
  • राजनीति
  • सहीलाई साथ दिँदा हामीलाई दुवै समूहले लखेटे : याेगेश भट्टराइ

सहीलाई साथ दिँदा हामीलाई दुवै समूहले लखेटे : याेगेश भट्टराइ

  • शनिबार, भदौ १९, २०७८
सहीलाई साथ दिँदा हामीलाई दुवै समूहले लखेटे : याेगेश भट्टराइ

काठमाडौं — पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता योगेश भट्टराईले एकताका लागि लड्ने मध्यमार्गी नेताहरू अहिले दुबैतिरबाट लखेटिनु परेको गुनासो गरेका छन् । उनले आफूहरू सहि लाईनमा लागेकाले केहि समय लखेटिनु परेको बताएका छन् ।

मध्यमार्गी लाइनमा लागेका नेताहरूलाई दुवैतर्फबाट लखेट्ने काम भएको नेता भट्टराईले गुनासो गरेका छन्। मंगलबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका थिए । अन्तर्वार्ताका क्रममा भट्टराईले माधव नेपालले अन्तिम समयमा गलत गरेकाले आफूहरूले सहिको साथ दिएको बताए ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले माधव नेपालकै कारण एमाले विभाजन भएको र नेपालले अन्तिम समयमा आफूहरूलाई दिएको बताए। आफूहरूले सधै पार्टी एकताकै लागि लडेको स्मरण गर्दै एमाले विभाजन नभएर चोइटिएको बताएका छन् ।

माधव नेपाललाई सुरुवातमा उचालेर अन्तिम समयमा धोका दिएको भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले आफूहरूले नेपाललाई धोका नदिएको बरू नेपालले आफूहरूलाई धोका दिएको बताए । भट्टराईले माध नेपाल पक्षमा धेरै मानिस नलाग्ने समेत बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार