सदियौँ आन्दोलन गरि तानाशाही ढाले देशमा,
जनताले गणतन्त्रको लागि राँको बाले देशमा।
फर्किँदै आउँछन प्रतिगामी ब्यबस्थाका नाईके,
आयो प्रतिगमन जनआन्दोलननै थाले देशमा।
आत्मनिर्भर नभयपछि दुःखको अबस्था भयो,
दलाल नेताहरुले सदैभरी बिदेशी पाले देशमा।
भन्छन स्वर्गमा बस्नहरुले अरुलाई मृत्यु पछि,
अन्धबिस्वासी कथाले सच्चाई पखाले देशमा।
युवालाई राहदानि बिदेशिलाई नागरिकता दिने,
नदी बन जङ्गल श्रीसम्पत्ति सबै खगाले देशमा।
जीवन बित्यो छोरा छोरी फर्किएन परदेश बाट,
भन्दै रुन्छन बसेर बृद्ध बाबा र आमाले देशमा।
सुरेशकुमार पान्डे।