• होमपेज
  • समाचार
  • नवलपुरमा पहिरो : ३ जना बेपत्ता, १ जनाको उद्धार

नवलपुरमा पहिरो : ३ जना बेपत्ता, १ जनाको उद्धार

  • शुक्रबार, भदौ ११, २०७८
नवलपुरमा पहिरो : ३ जना बेपत्ता, १ जनाको उद्धार

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरोमा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । उनका अनुसार पहिराले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी जारीे छ ।

पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया पुलामी, उनका सात वर्षीया नातिनी भूमिसरा पुलामी र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए ।

चर्चामा

सम्बन्धित समाचार