• होमपेज
  • राजनीति
  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री आचार्यले लिए शपथ

  • बिहिबार, भदौ १०, २०७८
प्रदेश १ का मुख्यमन्त्री आचार्यले लिए शपथ

विराटनगर — नवनियुक्त प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् ।

माले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् । प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा बुझाएका थिए ।

त्यसलगत्तै आचार्यलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो । राईले संसदीय दलको बैठकमा आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार