• होमपेज
  • राजनीति
  • शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार

शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार

  • बिहिबार, भदौ १०, २०७८
शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार

माधवकुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तागठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ । माधवको दल दर्ता नभएसम्मका लागि गठबन्धनले मन्त्रिपरिषद्मा बिस्तार रोकेको थियो । गत बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

नेपालको पार्टीले कानुनी मान्यता पाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । गठबन्धनमा कांग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ ।

महन्थको दल सत्ता कि प्रतिपक्ष ?
लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भने ।

चर्चामा

सम्बन्धित समाचार