• होमपेज
  • कला /साहित्य
  • गुलाब कान्छो र भावनाको मुक्तक दोहोरी

गुलाब कान्छो र भावनाको मुक्तक दोहोरी

  • बुधबार, भदौ ९, २०७८
गुलाब कान्छो र भावनाको मुक्तक दोहोरी

गुलाब कान्छो र भावनाको मुक्तक दोहोरी
सुरेन्द्र-
रुखो बोलिका नि तिखा छुरा वचन हुनसक्छन् ।
हुनसक्छन् ति कुरा अधुरा वचन हुनसक्छन् ।।
किन रिसाउछौ ठुस्सपरी, मान्छेबाटै हुन्छ गल्ती,
कहिलेकाही बोलिन्छ कुरा वचन हुनसक्छन् ।।
भवना-
रुखाे बाेली वचन बन्छ,मीठाे बाेल्नुपर्छ ।
सत्य साँचाे त्यै बाेलीमा माया घाेल्नुपर्छ ।।
कसैले नि जानी जानी गल्ति गर्नु हुँदै हुन्न,
चाेखाे मनलेसबैसँग अात्मा खाेल्नुपर्छ ।।
सुरेन्द्र-
यस्सो मनपेट खोल्छु भन्छु वचन भइदिन्छ।
नजिक गइ म बोल्छु भन्छु वचन भइदिन्छ ।।
मन्द मुस्कान र अलि उत्तेजित हुँदै गएर,
अलि मायाप्रेम घोल्छु भन्छु वचन भइदिन्छ ।।
भवाना-
रुखाे बाेली वचन बन्छ,मीठाे बाेल्नुपर्छ ।
सत्य साँचाे त्यै बाेलीमा माया घाेल्नुपर्छ ।।
कसैले नि जानी जानी गल्ति गर्नु हुँदै हुन्न,
चाेखाे मनले सबैसँग अात्मा खाेल्नुपर्छ ।।
सुरेन्द्र-
आफ्नै भित्री कुरा खोल्न यहाँ बाध्य गराइन्छ।
चुप्पै बस्छु तर बोल्न यहाँ बाध्य गराइन्छ ।।
आउँछन् लौ मै हुँ भन्ने मेरै अघि कड्किएर,
अनि औकात यो तोल्न बाध्य गराइन्छ ।।
भवाना-
सच्चा बन्नु कुलतमा पस्नु हुदैन ।
जानीजानी दलदलमा फस्नु हुदैन ।।
विकृति र विसङ्गति भण्डाफाेर गर्नुपर्छ
अन्यायमा चुप लागेर बस्नु हुदैन ।।
सुरेन्द्र-
हो महिला पुरुष जुटौं देश बनाउन लागौं ।
दाजुभाइहरू नफुटौं देश बनाउन लागौं ।।
जोडौं बरू टुक्रिएका ससाना भूभाग हाम्रा,
भो नेपाल आमा नलुटौं देश बनाउन लागौं ।।
भावना-
ठिक भन्नू भाे,अाफ्नाे मुलुक अाफै बनाउने हाे ।
अाफ्नै गाउँमा धारा कुवा अाफै खनाउने हाे ।।
एकतामै शक्ति राखी हाम्राे मुलुक बचाएर,
स्वाभिमानी नेपाली हाैँ भन्ने जनाउने हाे ।।
धन्यवाद
मुक्तककारको परिचय-
-भावना खनाल,पाल्पा
लुम्बिनी प्रदेश अध्यक्ष,
विश्व नेपाली साहित्य प्रतिष्ठान-नेपाल
-सुरेन्द्र शाही “गुलाब कान्छो”,बाजुरा
सुदुरपश्चिम प्रदेश संयोजक,
विश्व नेपाली साहित्य प्रतिष्ठान-नेपाल

चर्चामा

सम्बन्धित समाचार