बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • अन्ततः एमाले स्थायी कमिटी बैठकमा सहभागी भए भीम रावल

अन्ततः एमाले स्थायी कमिटी बैठकमा सहभागी भए भीम रावल

  • मङ्लबार, भदौ ८, २०७८
अन्ततः एमाले स्थायी कमिटी बैठकमा सहभागी भए भीम रावल

धनगढी — भीम रावलसहित नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका छन्। लामो समय माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलसहितका १० स्थायी कमिटी सदस्य बैठकमा उपस्थित भएका हुन्।

रावल, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा बैठकमा पुगेका हुन्।

उनीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै पछिल्लो समय एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।

चर्चामा

सम्बन्धित समाचार