• होमपेज
  • विचार/ब्लग
  • भ्रष्टाचार बिरुद्द सधैँ लडिरहनेछु: (अर्थ जङ्ग शाही)

भ्रष्टाचार बिरुद्द सधैँ लडिरहनेछु: (अर्थ जङ्ग शाही)

  • आइतवार, भदौ ६, २०७८
भ्रष्टाचार बिरुद्द सधैँ लडिरहनेछु: (अर्थ जङ्ग शाही)

भ्रष्टाचारको बारेमा लेख्नु भन्दा अगाडि भ्रष्टाचार भनेको के हो भन्ने बुझ्नु जरुरी रहेको देखिन्छ । भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एक चुनौतीपूर्ण कार्यको रुपमा रहेको छ । भ्रष्टाचार नेपालमा ब्याप्त रहेको एउटा सरुवा रोग जस्तै हो । राज्यका निकायहरु, निजी संस्था तथा सार्वजनिक संस्थाहरु, गैरसरकारी संस्थाहरुमा पनि भ्रष्टाचार भएको भन्ने समाचार यदाकदा पढ्न पाइन्छ ।
के हो त भ्रष्टाचार ?“भ्रष्टाचार भन्नाले दुई शब्द भ्रष्ट र आचारको सन्धी हो अर्थात् राम्रो आचार नभएको वा खस्किएको कारोबारलाई जनाउँदछ ।

अहिले मुलुकमा भ्रष्टाचार गम्भीर चुनौतिको रुपमा बढ्दै गइरहेको र यसको सबैभन्दा ठूलो असर कमजोर वर्ग गरिब समुदायलाई परेको छ । भ्रष्टाचारकै कारण गरिब जनता झनै पीडित बन्दै गइरहेका छन् । भ्रष्टाचार कै कारण विकास निर्माणका काममा अवरोध हु“दै गएको छ, यसै कारण मुलुकले निकास पाउन सकिरहेको छैन । यदी हामी सचेत नागरिकहरु भ्रष्टाचारको विरोधमा उभिएनौँ भने मुलुकको सार्वभौमसत्ता नै बाँकी नरहन पनि सक्छ । भ्रष्टाचारले राष्ट्रिय अस्तिमालाई नै धरापमा पारेको छ । भ्रष्टाचार न्यूनिकरण गर्न सानो तिनो प्रयासले मात्र नपुग्ने भएका कारण पनि सम्पूर्ण युवाहरु एकजुट भएर भ्रष्टाचारको विरुद्धमा उत्रिनुपर्ने जरुरी भएको छ ।

नेपालको परिवेशलाई हेर्दा सम्झिन पनि लाजमर्दो छ । सरकारका कर्मचारीलगायत जिम्मेवार निकायहरू भ्रष्टाचार गर्नमै लुछाचुँडी गर्दै छन् । विडम्बना त यही हो नेपालमा । दुई तिहाइ लगभगको कम्युनिस्ट सरकार छ । नेता धनी अनि देश गरिब छन् ।

सरकारले सबै खरिद प्रक्रियामा भ्रष्टाचार गरेको छ,’ कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको छ, वाइड बडी हवाईजहाज किन्दा भ्रष्टाचार भएको छ, सेक्युरिटी प्रेस किन्न खोज्दा भ्रष्टाचार भएको छ ।’

खुट्टामा चप्पल लगाउन पनि धौँ धौँ हुनेले आज घर घरमा डोजर,गाडी राखेका छन्,यो पनि सबै भ्रष्टाचार गरेर त होला नि। हामीले एक एक रुपैयाँ दुख गरि कमाएको पैसामा कसैले भ्रष्टाचार गरेर मोजमस्तीमा हिड्छ भने युवाहरु अब हामी पछि हट्नु हुदैँन्।

ठेकेदारी गरेको दुई महिना नबित्दै सहर बजारमा घर बनाउने ठुलाबडा ठेकेदारहरु हो, अध्यक्ष भएको दुई महिना नबित्दै धरधरमा डोजर गाडी ल्याउने अध्यक्ष ज्यूहरु,यो भ्रष्टाचार गर्ने मान्छेलाई धम्की होईन् हजुरहरुलाई चुनौती हो। हेक्का रहोस्।

तपाई हाम्रो गाउँघरमा करोडौँमा आएको बजेटलाई लाखौँ मा काम गर्ने,अनि लाखौँमा आएको बजेटलाई हजारमा काम भईरहेको हुदाँ यसप्रति हामी युवाहरुको ध्यान केन्द्रित होस् र ठाउँको ठाउँ उनीहरुलाई कार्बाहि पनि गरियोस्।

बुलुन्द आबाज सहिद बुलुन्द जोसका साथ हामीले आफ्नो गाउँ,घर र टोलमा कडा साथ लागेपछि कसैले पनि भ्रष्टाचार गर्न सक्दैन्न।

कोरोना भन्दा खतरा तरिकाले फैलिएको छ भ्रष्टाचार,यसप्रति सरकार मौन भएपनि हामी युवाहरुले मौन रहनु हुदैँन। गाउँघरमा बिकासकै लागी आएको बजेटमा पनि जनप्रतिनिधीकै मिलोमतोमा भ्रष्टाचार हुदाँ हामी मौन रहेका छौँ।।

कोरोना रोग त आयो,तर कोरोना भन्दा खतरा गाउँघरमा भ्रष्टाचार बेथिती भयो,एक साबुन,एक माक्समा पनि भ्रष्टाचार भईरहेको छ तपाई हाम्रो गाउँघरमा।

तपाई हाम्रो एक मतले यिनीहरुलाई जिताएका हौँ,तर भ्रष्टाचार गर भनेर त हामीले पक्कै पनि जिताएका होईनौँ होला।

चर्चामा

सम्बन्धित समाचार