काठमाडौं — प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति