• होमपेज
  • कला /साहित्य
  • सपना थियो आकासको जून छुने (मुक्तक)

सपना थियो आकासको जून छुने (मुक्तक)

  • शनिबार, साउन ३०, २०७८
सपना थियो आकासको जून छुने (मुक्तक)

मुक्तक-१
सपना थियो आकासको जून छुने
रहर थियो जीवनमा तिम्रो हुने
समयले कोल्टे फेरिदियो मायालु
भाग्यले बनायो सम्झेर मात्र रुँने
२.
शब्दहरु खोज्दा खोज्दै कलम टुटेर गयो
जिन्दगीको मिठो कथा यसै छुटेर गयो,
बाँकी यौटा टुक्रिएको मुटु थियो
त्यही पनि कसैले आज लूटेर गयो!!
३.
देशको अवस्था बिग्रदै गएको छ
बाँचिन्छ कि मरिन्छ दोधार मन भएको छ
आज आफन्त देखी टाढा बस्दा मेरो
मुटुको धड्कन कमजोर हुदै गएको छ !!!
४.
जीवन एउटा नाटकीय पर्दा भन्छन्
यस पर्दाभित्र खेल्ने खेलाउने अनेक हुन्छन्
खेल्ने र खेलाउनेको भिडमा रमाउनेले बुझ्दैनन् यस्ता कुरा
हरेक पाइलामा अगाडी बढ्न साथ दिने जीवन साथी हुन्छन्!!!
५.
सम्झनामा आयौं तिमी छुन मन लग्यो
सधैभरी तिम्रै साथमा हुन मन लग्यो,
मायालु ती शब्दले मिठो गरी बोल्दा
घरीघरी तिमीलाई सम्झी रुन मन लग्यो!!

 

चर्चामा

सम्बन्धित समाचार