बाजुरा — बाजुरा जिल्लाको रानिवन स्र्पाट क्लव सुदुर पश्चिमबाट पहिलो पटक एन्फामा सहभागि हुने अवसर पाएको छ र आर्थिक स्थितीलाई मध्यनजर गर्दै आर्थिक सहयोग जुट्न सुरु भएको छ । बाजुरा जिल्लामा बिक्रम सम्बत २०६४ मा रानिवन स्पोर्ट क्लवले सुदुर पश्चिमबाट पहिलो पटक एन्फोको सि क्वालीफानका लागि छनौटमा परे संगै आर्थिकका लागि बिभिन्न निकाय तथा ब्यक्तीहरुको सहयोग जुट्न थालेको हो ।
अखिल नेपाल फुटवल सघं एन्फा सहित स्मारक सि डिभिजन लिग फुटवल प्रतियोगिताका लागि रानिवन स्र्पोट युथ क्लव छनौटमा परेको रानिवन स्र्पोट क्लवका अध्यक्ष धुर्ब बहादुर रोकायाले बताएका छन । भदौ १० गते देखी सुरु हुने सि क्लाईफाइन फुटवल प्रतियोगितामा सहभागी पाउन बाजुरा र सुदुपश्चिमकै गौरवको कुरा रहेको क्लवका अध्यक्ष रोकायाले बताए ।
भदौ १० गते देखी सुरु हुने सि क्लाईफाइन फुटवल प्रतियोगितामा सहभागी हुन जादा खर्च बढ्ने भएकोले क्लवले आर्थिक सहयोग मागेको छ । आज मात्रै बिभिन्न ब्यक्तीहरुले रानिवन स्र्पोट क्लवलाई सहयोग गरेका छन । जसमा निर्माण ब्यबासायी सघ सुदुरपश्चिम प्रदेश सदस्य हस्त कुवरले १० हजार सहयोग गरेका छन । त्यसै गरी युथ फोर्सका बाजुरा संयोजक आरसी रोकायाले ६ हजार, कोरीयाबाट प्रदिप रोकायाले ५ हजार ५ सय, खेलाडी पुनम रावलबाट ५ हजार ५ सय, निशा रोकायाबाट ५ हजार, खप्तड छेडेदह गाउँपालिकाका ईन्जीनियर उपेन्द्र साउदबाट ५ हजार र अनेरास्ववियुका केन्द्रीय सदस्य कृष्ण बमले रु ५ हजार सहयोग गरेको क्लवका अध्यक्ष धुर्ब बहादुर रोकायाले बताएका छन ।
रानिवल स्र्पोट क्लवले यस अघि जिल्ला भित्र र बाहिर धेरै खेलहरुमा सहभागी हुदै शिर्स स्थान हासील गर्दै आएको थियो । यो बेला एन्फामा सहभागी हुन पाएकोमा झन खुसी भएका छौ क्लवका सदस्य करन भण्डारीले बताएका छन ।
एन्फामा सहभागी हुन धेरै खर्च लाग्ने भएकोले क्लवको अर्थिक स्थिती अलि कमाजोर रहेको क्लवले जनाएको छ । क्लवले खेलाडीको हौसलाका लागि जिल्लाका ९ ओटै स्थानिय तहसंग पनि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
त्यसै गरि प्रदेश सरकारसंग पनि आर्थिक सहयोगका लागि पनि अपिल गरेको अध्यक्ष रोकायाले बताएका छन । सहयोग गर्न इच्छुक रहेका ब्यक्तीले रानिवन स्र्पोट क्लवले राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखामा रहेको खाता न ४०७०१००२००९०९००१ मा जम्मा गरि सहयोग गरिदिन समेत क्लवले अनुरोध गरेको छ ।
रानिवन स्र्पोट क्लवले जिल्ला भित्र र बाहिर गरी धेरै खेलाडी उत्पादन गरेको बाजुराको पहिलो क्लव पनि हो । रानिवले सुदुपश्चिमका बिभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागी भई अग्र स्थान ल्याउने क्लवको रुपमा चिनिएको क्लव हो ।
बाजुरामा फु्टवल खेलमैदान नहुदा पनि खेलाडीहरुले हर तरह उच्च स्थान लिदै आएका छन । बाजुराको कुनै पनि स्थानीय तहमा खेल मैदान राम्रो नभएको र बिषेश गरि सदरमुकाम मार्तडी खेल मैदानको खाँचो रहेको खेलाडीहरुले बताएका छन । जिल्लाको सदरमुकाममा एक खेल मैदान आबस्यक रहेको र यसका लागि स्थानीय तहले खेलमैदानको ब्यबस्थापन गर्न खेलाडीहरुले आग्रह गरेका छन ।