• होमपेज
  • समाज
  • जनपा ३ बझाङ्गमा सामुदायिक भवनहरुको दुरुपयोग, पडेस युवा समाज आक्रोसमा

जनपा ३ बझाङ्गमा सामुदायिक भवनहरुको दुरुपयोग, पडेस युवा समाज आक्रोसमा

  • बिहिबार, साउन २१, २०७८
जनपा ३ बझाङ्गमा सामुदायिक भवनहरुको दुरुपयोग, पडेस युवा समाज आक्रोसमा

अर्थ जङ्ग शाही/ बझाङ्ग — जयपृथ्वी नगरपालिका वडा नं ३ मा निर्माण गरिएको बुद्धाआश्रम भवनको दुरुपयोग भएको छ। कसैले पसल सञ्चालन गरिबसेका छन्,कसैले अाफ्नो निजि निवास बनाएर बसेका छन्, कसैले ब्यक्तिगत सामानहरु राखेका छन् कोहि भवनहरु बाझो घर जस्तै बिनाकामका छन्।

आखिर यी भवनहरु के कामका लागि निर्माण गरिएका हुन र हाल के काममा प्रयोग भईरहेका छन् यसबारे कसैले पनि चासोको बिषय नलिएको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बडिमालिका खबरलाई बताएका छन्। यो भन्दा पहिला पनि सो भवनमा एउटा महिलाले किराना पसल थापेर बसेको र खड्काले किन यता पसल हालेको भन्दा पछि गएर पसल हटाएको खड्काले बताएका छन्।

सो वडामा पर्ने जेठाबाडा सामुदायिक भवन पनि कुनै प्रयोगमा नआई एक जना स्थानिय ब्यक्ति बस्दै आएका छन्,त्यसैगरी ओखेडाबाडा सामुदायिक भवन पनि कुनै प्रयोगमा नआई जहाँ नेता ज्यूले आफ्नो निजी निवास बनाएर बसेका छन् र डुम्री सेती नदीको किनारमा बनेको भवन पनि कुनै प्रयोगमा नआएको हुदाँ पडेश युवा समाजका स्थानिय ब्यक्तिहरु आक्रोसमा आएका छन्।

बझाङ्गको यो एउटा उदाहरण मात्र हो । यहाँ सार्वजनिक सम्पतीको चरम दुरुपयोग धेरै भएका छन् । सरोकारवाला निकायले वास्ता नगर्दा राज्यको सम्पतीको नोक्सानी हिसाबै छैन । यसबारे वडाका जनप्रतिनिधि,नगरपालिका,जिल्ला प्रशासन,आम वडाबासिले खबरदारी,छानबिन र अनुगमन नगरेको खड्काले बताए।

चर्चामा

सम्बन्धित समाचार